काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारवाही प्रक्रिया अगाडी बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई दवाव दिएका छन् ।
एमालेका सचेतक विशाल भट्टराईले सभामुख सापकोटालाई भेटेर कारबाहीको प्रक्रिया अगाडी बढाउन दबाब दिएका हुन् ।
गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।
कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।