एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार प्रचण्डपथमा हिँडेको बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । त्यस्तै उनले नेपाली काँग्रेस नेतृत्वको सरकारले देशलाई भत्काउन र द्वन्द चर्काउन लागेको आरोप लागेका हुन् ।
उनले वर्तमान सरकारले बजेट रोक्का गरेर विकाशका कामहरु रोक्न खोजेको आरोप लगाए ।
‘अहिलेको सरकारले देशलाई ध्वस्त पार्न लागेको छ, देश भत्काउन लागेको छ बजेट रोक्का गरेर विकाश निर्माणका कामहरु रोक्न खोजेको छ ।’
त्यस्तै उनले कोरोना भाइरसविरुद्धको खोप सबैलाई नलगाइएको मा आपत्ति जनाएका छन् । ‘ मैले ल्याइदिएको कोरोनाको खोप पनि राम्रोसँग लगाइदिन सकेको छैन ।’ उनले भने ।