सभामुख सापकोटालाई ओलीको चेतावनी- संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?-Sutra News

सभामुख सापकोटालाई ओलीको चेतावनी- संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् ।



नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै ओलीले आफूले कारबाही गरेका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले सभामुख भइसकेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आक्रोशित हुँदै सभामुखलाई भने, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संसद्मा विश्वासको मत दिने बैठकमा मत नदिएको र गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीति विपरीत विश्वासको मत दिएको स्थितिमा एमालेले ती सांसद्लाई कारबाही गर्न यही भदौ १ गते सङ्घीय संसद् सचिवालयमा पत्र पठाएको थियो ।

कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट