राष्ट्रपतिलाई ओलीको प्रश्न- सरकारले अध्यादेश जारी गर्न लगाउँदा गलत छ भन्नुपर्दैन ?-Sutra News

राष्ट्रपतिलाई ओलीको प्रश्न- सरकारले अध्यादेश जारी गर्न लगाउँदा गलत छ भन्नुपर्दैन ?

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले गलत अध्यादेश जारी गरेको बताएका छन् ।



बिहीबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा उनले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

‘गलत अध्यादेश किन जारी गरेको, गलत अध्यादेश जारी गर्नुभन्दा अगाडी सोच्नुपर्दैन ?’ उनले भने ।

त्यस्तै उनले १४ सांसदलाई कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरेका छन् ।

ओलीले आफूले कारबाही गरेका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले सभामुख भइसकेपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले आक्रोशित हुँदै सभामुखलाई भने, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट