कसले जित्ला ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज ?-Sutra News

कसले जित्ला ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज ?

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौँ । दोस्रो लहरको कोरोनाको कारण प्रभावित  भएको सौन्दर्य  प्रतियोगीता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बिहिबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगीताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारी स्थित म्युजिक सिटी हलमा आयोजना गर्न लागेको जानकारी दिएको छ ।



प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाल लगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् ।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उद्देश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रिती कार्कीले बताइन् ।

सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ ।

शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । आश्विनी नेपालका चर्चित तथा सबै भन्दा व्यास्त कोरियोग्राफर हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट