नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एमाले समाजवादीको बैठकमा जाने बताएका छन् ।
बिहीबार एक भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता गौतमले यस्तो बताएका हुन् । उनले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी ( एमाले समाजवादी )पार्टीमा गएर पार्टी एकताका लागि प्रस्ताव गर्ने बाताएका हुन् ।
उनले आफूलाई पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी नदिएको गुनासो गरे । ओलीले नदिएको जिम्मेवारी नेपालले दिने उनको विश्वास रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल फुटाउने अध्यादेश ल्याएपछि बुधबार एमाले फुटेको थियो । एमालेका प्रभावशाली नेताहरुले माधव नेपालको साथ छोडेका छन् ।