यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू-Sutra News

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बिहिबार, ३ भाद्र २०७८

बिहिबार, ३ भाद्र २०७८

काठमाडौं- सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।



बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नति गरी प्रधान सेनापति पदमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

त्यसैगरी बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाइजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि आवश्यक रहेका विभिन्न सहायक संरचनाहरूको निर्माण गर्नका लागि मकवानपुर जिल्लाका कालभैरव सामुदायिक वन र गौरीशंकर सामुदायिक वनमा ५.२२ हेक्टर थप वन क्षेत्र प्रयोग गर्न र त्यहाँ रहेका रुखहरू हटाउन स्वीकृति दिने निर्णय पनि गरेको छ ।

त्यसैगरी सहसचिव डिल्लीराम शर्मालाई विशिष्ट श्रेणीमा बढुवा गरेको तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले दिएको राजीनामा स्वीकृती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले सिँचाइ र ऊर्जा मन्त्रालयका केही बरिष्ठ इन्जिनीयरहरुलाई द्धितिय श्रेणीबाट प्रथम श्रेणीमा बढुवा गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट