काठमाडौं- शुक्रबार देशभरको मौसम सामान्य देखि पूर्ण बदली रहने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । राति प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।