लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुँदै-Sutra News

लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता हुँदै

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौं- नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।



फिल्म फेस्टिभल (नियुफ) को दसौँ संस्करण भर्चुअल रुपमा जारी छ । यो आयोजना यही भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी छन् ।

साथै लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ ।

यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपालीनागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वात्योभन्दा कम हुनुपर्ने युरोपियन युनियनले शर्तको रुपमा उल्लेख गरेको छ ।

त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ । त्यो समयावधिभन्दा अगाडि बनाइएका फिल्म प्रतियोगिताका लागि योग्य नहुने शर्तको रुपमा उल्लेख गरिएको छ ।

नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सबटाइटल गरेको पर्ने छ । यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले बताएको छ ।

यसरी सहभागी हुन आएका फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्यांकन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ । यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट