बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेलले छाडे सरकारी निवास-Sutra News

बागमतीका निवर्तमान मुख्यमन्त्री पौडेलले छाडे सरकारी निवास

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

हेटौंडा- बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल सरकारी निवास छाडेर निजी निवास फर्किएका छन् ।



मुख्यमन्त्री कार्यालय छाडेर पौडेल हेटौँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् । बयालीस महिना सरकार चलाएका थिए ।

बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका पौडेलले बिहीबार सरकारी निवास छाडेका हुन् ।

उनले अबको बाँकी समय जनताको हितमा काम गर्ने बताए ।

उनले राजीनामा दिएसँगै प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट