माधव नेपाललाई गोकुल बाँस्कोटाको कटाक्ष- हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे ?-Sutra News

माधव नेपाललाई गोकुल बाँस्कोटाको कटाक्ष- हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे ?

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौं- पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले हुँदै नभएको किताब धारा कहाँबाट आयो भनी कटाक्ष गरेका छन् ।



बाँस्कोटाले एमालेका वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टीको चुनाब चिन्ह खुला किताब राखेकाले उनीप्रति लक्षित गरी कटाक्ष प्रहार गरेका हुन् ।

पूर्वमन्त्री तथा एमाले केन्द्रीय सदस्य बाँस्काेटाले हुँदै नभएकाे किताब धारा कहाँबाट आयाे भनी कटाक्ष गरेका छन् ।

बाँस्काेटाले एमालेका वरिष्ठ नेता नेपालले नयाँ पार्टीकाे चुनाब चिन्ह खुला किताब राखेकाले उनीप्रति लक्षित गरी कटाक्ष प्रहार गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर हुँदै नभएको किताब धारा चैं कहाँबाट ल्यायो फेरि ? बाईस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कन्चन्जंघासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै यो चै एकनाथ धारा वा MCC 607 को 5.5 होला ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट