ओलीविरुद्ध नयाँ समूह बनाउँदै भीम रावल, एमाले फेरि फुट्न सक्ने तीव्र सम्भावना-Sutra News

ओलीविरुद्ध नयाँ समूह बनाउँदै भीम रावल, एमाले फेरि फुट्न सक्ने तीव्र सम्भावना

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौँ । नेकपा एमाले विभाजनपछि माधवकुमार नेपाल पक्षमा नगएका एमालेका भीम रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा विद्रोह गर्ने तयारी गरेका छन् ।



नेकपा एमाले दुई टुक्रामा विभाजन भएपछि फेरी तेस्रो धार देखापर्न थालेको हो । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका नेताहरु विभाजन भइसकेपछि ओली पक्षमा नै रहनुले यसको प्रष्ट संकेत गरेको छ ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गरेका हुन् ।

भीम रावल एमाले विभाजन हुन् लाग्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै गएका थिए ।

उनले माधव नेपालको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे । तर अहिले फेरी नेपाल समूहतर्फ नै लाग्ने संकेत गरेका छन् ।

ती नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको बिन्दु निकाल्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

ओलीले हिजो गरेको सम्बोधन कार्यक्रममा पनि माधव समूह छोडेर आफ्नो समूहमा आएका नेताहरुको बारेमा केही बोलेका थिएनन् । उनीहरुको व्यवस्थापन गर्न ओलीलाई भारी पर्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट