काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेकी बागमती प्रदेशके मुख्यमन्त्री केही दिनदेखि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा लागिन् । उनी ओली समूहमा लागेर बागमतीको मुख्यमन्त्री पाएको कुराले चर्चा पाएको थियो ।
उनले ओलीको पहलमा मुख्यमन्त्री बनेको भन्ने चर्चा चलेको भएतापनि उनले अहिले आफू ओली समूहमा नरहेको सन्देश दिएकी छन् । उनले ओलीसँग नरहेको सन्देश दिँदै एमालेको तेस्रो धारका नेताहरुको समूहमा मिसिएर संयुक्त अपिल जारी गरेकी छिन् । यसले उनी ओली समूहमा नरहेको सन्देश व्यक्त गरेको छ ।
एमाले विभाजन हुन लाग्दा माधव कुमार नेपाल समूहमा लागेका तर विभाजन भएपछि नेपालको साथ छोडेका नेताहरुको आचरणले ठुलो शंका निम्त्याएको छ ।
माधव नेपाललाई साथ दिएका नेताहरुले एकाएक उनको साथ छोड्दा ठुलो प्रश्नसमेत खडा भएको छ ।
एमाले पक्षका नेताहरुले भने केही दिन ओली पक्षमा लागेका तर उनीहरु पछि माधव नेपालले दर्ता गर्न लागेको पार्टीमा नै फर्किने बताएका छन् ।
नेकपा एमाले दुई टुक्रामा विभाजन भएपछि फेरी तेस्रो धार देखापर्न थालेको छ । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका नेताहरु विभाजन भइसकेपछि ओली पक्षमा नै रहनुले यसको प्रष्ट संकेत गरेको छ ।
सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गरेका हुन् ।