राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छन् ।
उनले मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय अनुसार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई नियुक्त गरेकी हुन् ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/३ गतेको बैठकको निर्णय एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री यादवचन्द्र शर्मा, संखुवासभालाई बागमती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।