काठमाडौँ । एमाले विभाजन भएपछि माधवकुमार नेपालको साथ छोडेका नेताहरु छलफलमा जुटेका छन् ।
उनीहरु बसुन्धाराको एक होटेलमा जम्मा भएर छलफल गरेको बताइएको छ ।
छलफलमा योगेश भट्टराई, भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी छन् ।
भीम रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा विद्रोह गर्ने तयारी गरेका छन् ।
नेकपा एमाले दुई टुक्रामा विभाजन भएपछि फेरी तेस्रो धार देखापर्न थालेको हो । नेकपा एमाले विभाजन हुन लाग्दा माधवकुमार नेपाललाई साथ दिएका नेताहरु विभाजन भइसकेपछि ओली पक्षमा नै रहनुले यसको प्रष्ट संकेत गरेको छ ।