नेपाल आइडलको चौथो संस्करण सुरु हुँदै, यस्तो छ निर्णायक समूह-Sutra News

नेपाल आइडलको चौथो संस्करण सुरु हुँदै, यस्तो छ निर्णायक समूह

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

नेपाली गायन रियालिटी सो नेपाल आइडलको चौथो संस्करण सुरु हुने भएको छ ।



यस ‘फ्रेन्चाइज रियालिटी शो’को निर्णायक चौथो संस्कारमा आएसँगै परिवर्तन भएका छन् । अबको नेपाल आइडल ४ मा निर्णायकको प्यानलमा गायक तथा संगीतकार शम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान रहने भएका छन् ।

साथै कार्यक्रम प्रस्तोतामा असिफ शाहको साथमा मोडल रेश्मा घिमिरे हुने छिन् । नेपाल आइडलमा यस अघि रहेका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा, इन्दिरा जोशी अर्को रियालिटी शोमा आबद्ध रहेका कारण निर्णायक परिवर्तन गर्नु परेको निर्माण टिमले बताएको छ ।

यस शोलाई निर्देशक सुरेश पौडेलले निर्देशन गर्ने भएका छन् । कार्यक्रममा निर्णायक परिवर्तन संगै दर्शकमाझ यतिबेला उत्साह थपिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट