२८ महिना जेल बसाइपछि रिहा भए विप्लव समूहका नेता-Sutra News

२८ महिना जेल बसाइपछि रिहा भए विप्लव समूहका नेता

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ बम २८ महिना लामो जेल जीवन बसाइपछि शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका हुन् ।



रिहा भएपछि काठमाडौंको सुन्धरामा नेकपामा नेता धमेन्द्र बास्तोला लगाएतका नेताहरुले खादा लगाएर अभिनन्दन गरेका थिए । बमलाई बिहिबार उच्च अदालत नेपालगञ्जले रिहाइ गर्न आदेश दिएको थियो ।

नेकपामाथि प्रतिबन्धकै अवस्थामा बमलाई पक्राउ गरेर प्रहरीले हात हतियार, राजद्रोहको मुद्दा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारा राखिएको थियो । रिहा भएपछि बमले खुसीसँगै अहिले जिम्मेवारी बोधले थिचेको टिप्पणी गरे । उनले सानो जेलबाट निस्केर खुल्ला जेलमा आएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट