अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो-Sutra News

अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

बैतडी- लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक र ढोल्यामोडमा सडकखण्डमा पहिरो खस्दा शुक्रबार बिहान ६ बजेदेखि अवरुद्ध भएको राजमार्ग अवरुद्ध दिउँसो सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।



राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेलधुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन ठप्प भएका थिए ।

राजमार्ग सञ्चालनमा आएसँगै सवारी साधन र यात्रु आआफ्नो गन्तव्यतर्फ लागेका छन् ।  सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट