इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त-Sutra News

इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त

शुक्रबार, ४ भाद्र २०७८

शुक्रबार, ४ भाद्र २०७८

क्वालालम्पुर- पूर्वउपप्रधानमन्त्री इस्माइल साब्री याकोब शुक्रबार मलेसियाको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।



मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ ।

संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन् ।

६१ बर्षीय इस्माइल साब्री युनाइटेड मलायस नेशनल अर्गनाइजेसन (यूएमएनओ) का एक अनुभवी राजनीतिज्ञ हुन् र जुलाईमा उपप्रधानमन्त्री नियुक्त हुनु पूर्वरक्षा मन्त्रीको रूपमा मुहिद्दिनको मन्त्रीमण्डलमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट