प्रचण्ड अस्वस्थ, भाइरल ज्वरो आएपछि भेटघाट बन्द-Sutra News

प्रचण्ड अस्वस्थ, भाइरल ज्वरो आएपछि भेटघाट बन्द

शनिबार, ५ भाद्र २०७८

शनिबार, ५ भाद्र २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोको शिकार भएका छन् । उनी शुक्रवारदेखि अस्वस्थ भएका हुन् ।



ज्वरोले समातेपछि प्रचण्ड निवासमै आराम गरिरहेका छन् । सबै भेटघाट बन्द गरिएको उनको सचिवालय स्रोतले सूत्रन्यूजलाई बतायो ।

‘सामान्य ज्वरो र रुघाखोकी हो,’ सचिवालयले भन्यो, ‘कोभिड टेस्ट नेगेटिभ आएको छ । अहिले उहाँ निवासमै आराम गरिरहनुभएको छ । भेटघाट बन्द छ ।’

राजनीतिक घटनाक्रम तीव्र रूपमा विकसित भइरहेका बेला प्रचण्ड अस्वस्थ भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट