काठमाडौँ । सर्वोच्च अदालतको परमादेशसँगै गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।
नेकपा एमालेमा विवाद कायम रहँदा माधवकुमार नेपाल सरकारमा सहभागी हुने या नहुने भन्ने विषयले अहिलेसम्म मन्त्रिपरिषद विस्तार हुन नसकेको भनिएको थियो । तर अब नेता नेपालले छुट्टै पार्टी खोलेपछि अब सरकारमा सहभागी हुन सजिलो भएको छ ।
प्राधानमन्त्री शेरबहादुर देउवाले आगामी आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसका लागि उनले सत्तापक्षीय गठबन्धनका नेताहरुसँग छलफल गरिसकेका छन् ।
देउवालाई मन्त्रीको भाग लगाउन सकस परेको छ । आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका पार्टीका नेताहरुलाई जसरी पनि मन्त्री बनाउनुपर्ने भएपछि उनी अहिले तनावमा छन् ।
काँग्रेसकै रामचन्द्र पौडेल पक्षले आफूलाई एक उपप्रधानमन्त्री चाहिने अडान राख्दै आएको छ । त्यस्तै माओवादी केन्द्र र जसपाबाट पनि एक/एक उपप्रधानमन्त्री बनाउने तयारी भएको स्रोतले बतायो ।
जसपाबाट उपेन्द्र र माओवादीबाट नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बन्ने नेताको रुपमा हेरिएको छ । त्यस्तै यता माधव समूहबाट वामदेव गौतमको नाम चर्चामा छ ।