नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री बनेर शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने हल्ला चलेपछि गौतमको सचिवालयले त्यसको खण्डन गरेको छ ।
केही मिडियाहरूमा गौतम उपप्रधानमन्त्री बनेर सरकारमा जाने हल्ला चलिरहेको थियो ।
एमाले विभाजन भएपछि तटस्थ देखिएका गौतमलाई केन्द्रमा राखेर सरकारमा जाने हल्ला चलाइएपछि उनी असन्तुष्ट बनेका हुन् ।
‘सरकारमा जाने कुरा बेतुकको हल्ला हो,’ गौतमको सचिवालयले सूत्रन्यूजलाई भन्यो, ‘नियोजित हल्ला चलाएर राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको छ ।’
गौतम नीति तथा कार्यक्रमका सन्दर्भमा माधवकुमार नेपालतिर रहेको तर पछिल्लो विभाजनको स्थितिपछि कतै नलागेको सचिवालयको दाबी छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएपछि एमालेको औपचारिक विभाजन भएको हो ।