काठमाडौं- तालिबानले अफगानिस्तान कब्जा गरेसँगै असुरक्षित बनेका थप ३५ जना नेपाली स्वदेश फर्केका छन् ।
शनिबार दुई उडानबाट थप ३५ जना आएका हुन् ।
यो सहित तालिबानले काबुल कब्जा गरेपछि त्यहाँबाट स्वदेश फर्कने नेपालीको संख्या पाँच सय चार जना पुगेको छ ।
सरकारले नेपाल फर्कन चाहेकालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्दै अनलाइन दर्ताको व्यवस्था गरेको हो ।
परराष्ट्र मन्त्रालयले व्यवस्था गरेको अनलाइनमा हालसम्म तीन सय १७ जनाले नाम दर्ता गराएका छन् ।
बाँकीलाई पनि आफ्नो नाम दर्ता गराउन आह्वान गरिएको छ ।