प्रकाशमान सिंह सभापतिको उम्मेदवारीबाट पछि नहट्ने-Sutra News

प्रकाशमान सिंह सभापतिको उम्मेदवारीबाट पछि नहट्ने

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको उम्मेद्वारीबाट पछि नहट्ने बताएका छन् ।



शनिबार काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा नेता सिंहले आफू सम्पूर्ण रुपले पार्टीको सभापति बन्न सक्षम रहेको भन्दै पछि नहट्ने बताएका हुन् ।

आमजनताको  दु:खमा मलमपट्टी लगाउनको लागि भएपनि आफू कांग्रेस सभापति बन्नु पर्ने उनले बताए ।

‘आम जनताको दु:खमा मलमपट्टी लगाउनको लागि भएपनि म कांग्रेसको सभापति बन्नुपर्छ,’ सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्नसक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ । ’

साथै, सिंहले १३ औं महाधिवेशन पछि अहिले कांग्रेस इतिहासकै कमजोर अवस्थाम पुगेको बताए ।

नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट