माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ शब्द राखेपछि बाबुराम खुसी-Sutra News

माधव नेपालले पार्टीको नाममा ‘समाजवादी’ शब्द राखेपछि बाबुराम खुसी

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौं- ​नेकपा एमालेबाट अलग्गिएर माधव नेपाल समूहले गठन गरेको नयाँ दलको नाममा ‘समाजवादी’ शब्द राखेकामा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई खुसी भएका छन् ।



नेता नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) गठन गरी निर्वाचन आयोगमा दर्ताका लागि शुक्रबार निवेदन दिइएको छ । यसरी आफ्नो पार्टीले जस्तै समाजवादी शब्द राखेकामा डा.भट्टराई रमाएका हुन् ।

‘समाजवाद’ शब्दप्रति आकर्षण बढ्न थाल्नु स्वागतयोग्य छ । नयाँ दर्ता भएका दलहरूको नाउँबाट त्यस्तै संकेत मिल्छ,’ पुँजीवाद र साम्यवादको विकल्पमा समाजवादको खोजी अहिलेको विश्वको प्रवृत्ति पनि हो,’ डा.भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बहस होस् कस्तो समाजवाद ? प्रजातान्त्रिक समाजवाद ? वैज्ञानिक समाजवाद ? समावेशी÷सहभागितामूलक समाजवाद ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट