लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु-Sutra News

लकडाउन तोडेको भन्दै ३०० पटक उठबस, घर पुग्ने बित्तिकै मृत्यु

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

केही समयअगाडी फिलिपिन्समा लकडाउन तोडेको भन्दै फिलिपिन्समा एकजना व्यक्ति पक्राउ परे ।



नियम तोड्ने ती व्यक्तिलाई सजायको रुपमा ३०० पटक उठबस गर्न लगाइएको थियो । लगातार उठबस गर्नुपर्दा ती व्यक्तिको स्वास्थ्य अवस्था यति खराब बन्यो कि उनको मृत्यु नै भयो ।

डेरेन नामका ती २८ वर्षीय युवकको मृत्युको घटनाले फिलिपिन्स प्रहरीमाथि दबाब सिर्जना भएको छ।

उनी पानी किन्नका लागि बजार गएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । तर लकडाउनको कर्फ्यु उल्लंघन गरेको भन्दै उनलाई बाटोमै एक स्थानीय समूहले पक्राउ गर्यो र प्रहरी चौकी लगेको थियो ।

प्रहरी चौकीमा डेरेनलाई सजायस्वरुप सयौँ पटक उठबस गर्न लगाइयो । सजाय भुक्तान गरी लखतरान परेर डेरेन बल्लतल्ल घर पुगे । घर पुगेको केही समयमा नै उनको मृत्यु भयो ।

उनको प्रहरीको सजायका कारण मृत्यु  भएको भन्दै पीडित परिवारले छानवीनको मागसमेत गरेको थियो । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट