काठमाडौँ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाम नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ ।
११ बजेदेखि जारी बैठकमा नेताहरुको कार्य विभाजन, राष्ट्रिय सम्मेलनको तयारीका विषयहरुमा छलफल भइरहेको छ ।
हिजो शनिबार बसेको स्थायी समितिको बैठकले पार्टीको वडा तहसम्मको सङ्गठन विस्तार गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउने र त्यसका लागि कुन नेतालाई के ककस्तो जिम्मेवारी दिने विषयमा छलफल गरेको थियो ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलनको आयोजना गर्ने घोषणा गरेको छ।