ओलीले पठाएको २६० सदस्यीय कमिटीलाई निर्वाचन आयोगले मान्यता नदिने-Sutra News

ओलीले पठाएको २६० सदस्यीय कमिटीलाई निर्वाचन आयोगले मान्यता नदिने

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई पठाएको २६० सदस्य सङ्ख्यालाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ ।



केही दिनअगाडी ओलीले पार्टीको केन्द्रीय समिति सदस्यको नाम अद्यावधिक गरेर आयोगमा २६० जनाको नाम पठाएका थिए । स्रोतका अनुसार नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिनेछ ।

सरकारले राजनीतिक दल विभाजनका लागि अध्यादेशमार्फत् २० प्रतिशत सदस्य पर्याप्त हुने अध्यादेश पारित गरेपछि एमालेले विभाजन रोक्न सदस्य संख्या बढाउने निर्णय गरेको थियो । 

एमालेबाट छुट्टिएर माधव समूहले ‘नेकपा एकीकृत समाजवादी’ दर्ताका लागि आयोगमा निवेदन दिएको छ । आयोगले माधव पक्षलाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट