हामीले भनेको ओलीले नमाने एमालेमा ठुलो विद्रोह हुन्छ- घनश्याम भुसाल-Sutra News

हामीले भनेको ओलीले नमाने एमालेमा ठुलो विद्रोह हुन्छ- घनश्याम भुसाल

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले भनेको नमाने अहिलेसम्मकै ठुलो विद्रोह हुने बताएका छन्  । 



एक अनलाइनसँग कुरा गर्दै नेता भुसालले १० बुँदे सहमति कार्यान्वयन नगरे ओलीसँग कोही पनि नेता नरहने दाबीसमेत गरे ।  ‘ ओलीले १० बुँदे सहमति कार्यन्वयन गर्न मानेनन् भने झन् ठुलो विद्रोह हुन्छ, यो लागू नगरे ओलीसँग को मान्छे रहन्छ ?’ उनले भनेका छन् । 

नेकपा एमालेको एकता प्रक्रियामा लागेका ५७ नेताहरूले दश बुँदे सहमति कार्यान्वयन गर्न दिएको अल्टिमेटमलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन् ।

भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्यलगायत ५७ जना केन्द्रीय कमिटी सदस्यले आसार २७ गते गरिएको दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई ४ दिनको अल्टिमेटम दिएका थिए ।

आउँदो बुधवारसम्म ओलीले दश बुँदे सहमति कार्यान्वयन नगरे उनीहरू आफ्नो दल रोज्न स्वतन्त्र हुनेछन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न निवेदन दिइसकेका छन् । निवेदनमा साविक एमालेका तर्फबाट ५८ केन्द्रीय सदस्य छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट