सलमान खानले ‘ह्याट्रिक’ गर्न नपाएका निर्देशक-Sutra News

सलमान खानले ‘ह्याट्रिक’ गर्न नपाएका निर्देशक

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

बलिउडका भाइजान अर्थात् सलमान खानको पछिल्लो समय ठीकठाक छैन । उनका फिल्महरु पछिल्लो समय असफल हुने क्रम बढेको छ । जसले गर्दा उनका फ्यानसमेत निरास बन्न थालेका छन् ।



यतिबेला सलमानले आफ्ना दुई प्रिय निर्देशकसँग ह्याट्रिक गर्ने मौका नपाएको विषयले बलिउडमा चर्चा पाएको छ । निर्देशक कवीर खान र अलि अब्बास जफर दुवै सलमानका प्रिय निर्देशक हुन् । उनले दुवैसँग सुरुवातका दुई फिल्म खेले । दुवै सफल पनि भए । तर, उनले ह्याट्रिक गर्ने मौका भने अझै जुरेको छैन ।

सलमान – कवीर
सलमान खानको सुरुवात कवीर खानसँग निकै राम्रै भयो । सन् २०१२ मा सलमान र कवीरको पहिलो फिल्म ‘एक था टाइगर’ रिलिज भयो । हल्काफुल्का फिल्म गरिरहेका सलमानलाई उक्त फिल्मबाट प्रशंसा त रामै्र मिल्यो, साथै नयाँ उपनामसमेत पाए ‘टाइगर’ । 

त्यसपछि सलमानले दोस्रो सहकार्य गरे , ‘बजरंगी भाइजान’ । सन् २०१५ मा यो जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’ लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रुपमा लिइयो । फिल्म मनोरञ्जनले भरिपूर्ण त थियो नै, कथा पनि दमदार थियो । तर, त्यसपछि यी दुर्ईको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो । असफलतासँगै दुईबीच दूरी बढ्यो । त्यसपछि सलमान ‘सुल्तान’ का निर्देशक अलि अब्बास जफरसँग नजिकिए । लगातार सफलतामा सलमानले कवीरसँग ह्याट्रिक गर्न सकेनन् । ‘बजरंगी भाइजान’ ले जति चर्चा पायो, ट्युबलाइटले त्योभन्दा धेरै आलोचना पायो।

सलमान – अलि अब्बास

सलमानका प्रिय निर्देशकमध्येका एक हुन्, अलि अब्बास जफर । अलिले सलमानसँग सन् २०१६ मा काम गरे, ‘सुल्तान’मा । यो फिल्मले सलमानलाई उपनाम त दियो नै साथै बक्स अफिसमा हिट पनि बनायो । त्यसपछि उनले यी दुईको केमेस्ट्री सन् २०१७ मा रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ मा देखियो । यो फिल्म पनि बलिउड बक्स अफिसमा अत्यधिक सफल रह्यो ।

फिल्मले सलमानको फ्यानलाई निराश बनाएन । तर, यही जोडीको फिल्म ‘भारत’ भने चिप्लियो बक्स अफिसमा । न त सलमानको फ्यानले नै तारिफ गर्न सके, न त बक्स अफिसमै कमाल देखियो । अन्ततः सलमानले अलिसँग पनि ह्याट्रिक गर्न सकेनन् । लगातार दुई फिल्म सफल भए पनि सलमानले ह्याट्रिक गर्न सकेनन् । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट