काठमाडौँ- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार तथा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमालले माधव नेपालका कारण एमाले फुटको दिशातर्फ गएको बताएका छन् ।
एक अनलाइनसँग कुरा गर्दै उनले एमाले एकताका लागि अध्यक्ष १० बुँदे सहमति कार्यान्वयन गर्न तयार रहेको बताए ।
१० बुँदे सहमतिलाई मान्न अध्यक्ष ओली तयार रहेको तर माधव नेपाल तयार नभएको उनको तर्क छ ।
त्यस्तै उनले माधव नेपालको कारबाही फिर्ता गर्नुपर्छ भनेर भन्नु नै गलत भएको दाबी गरे । अनलाइनसँग कुरा गर्दै नेता रिमालले भने, ‘माधव नेपालको कारबाही फिर्ता गर्नुपर्छ भनेर भन्नु नै वाहियात हो। एमाले फुटाउने अनि हामीले पूजा गर्दै हिँड्ने हो र ?
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन अध्यादेश ल्याएसँगै एमालेको माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
तर एमालेका दोस्रो तहका नेताहरु भने एमाले एकताका लागि अझै पनि संघर्ष गर्नुपर्ने बताउँछन् ।