एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको पत्र– शाही र वलीलाई कारबाही गर्न मिल्दैन [पत्रसहित]-Sutra News

एमालेलाई लुम्बिनी प्रदेशसभा सचिवालयको पत्र– शाही र वलीलाई कारबाही गर्न मिल्दैन [पत्रसहित]

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

लुम्बिनी प्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाही अमान्य हुने भएको छ ।



सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही अमान्य हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

आइतबार प्रदेश सभा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको छ ।

प्रदेश सरकारमा बिना विभागीय मन्त्री अजय शाही र सांसद् विमला वली खत्रीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको थियो ।

एमालेबाट निर्वाचित भएपनि पार्टी निर्णय विपरित विपक्षी गठबन्धनलाई सघाएको भन्दै कारबाही गर्न थालिएको थियो ।

1_FXu28DRijd.jpg2_ph4ywFFL57.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट