माधव नेपालले वामदेव गौतमको फोटो जबर्जस्ती आफ्नो फोटोमा जोडेपछि…-Sutra News

माधव नेपालले वामदेव गौतमको फोटो जबर्जस्ती आफ्नो फोटोमा जोडेपछि…

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको ब्यानरमा आफ्नो फोटो राखेकोमा आपत्ति जनाएका छन् ।



आइतबार एक विज्ञप्ति जारी गर्दै उनले आफू अहिलेसम्म एमालामा  नै रहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्यशैलीप्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो । तसर्थ अन्य खाले प्रचार-प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट