काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारप्रति असन्तुष्टि जनाएका छन् ।
काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै नटिक्नेसमेत दाबी गरे ।
देउवाले २० प्रतिशत सदस्य भए पार्टी फुटाउन मिल्ने अध्यादेश ल्याए पनि एमालेका नेता माधवकुमार नेपाललाई धौधौ भएको उनले उल्लेख गरे ।
उनले आफूहरुले चाहे देउवा सरकार चुड्कीभरमै ढल्न सक्ने बताए । ‘ काँग्रेस र माओवादीको जम्मा जोड्दा जम्मा ११० सिट हुन्छ, त्यति त एमाले एक्लैको छ । हामीले चाह्यौ भने यो सरकरा चुड्कीमै ढलाउन सकिन्छ । उनले भने ।’