चीनमा कच्चा स्टील उत्पादन ह्वात्तै घट्यो-Sutra News

चीनमा कच्चा स्टील उत्पादन ह्वात्तै घट्यो

आइतबार, ६ भाद्र २०७८

आइतबार, ६ भाद्र २०७८

चीन- चीनको कच्चा स्टील उत्पादन गत महिना घटेको छ । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो ।



‘जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६.७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो ।

हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।

चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट