काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारमा भएको भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । चौथाइवालेले आफू र देउवाबीच दुई पार्टीबीचको सम्बन्धलाई थब बलियो बनाउने सहमति भएको जनाएका छन् ।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपाबीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको थियो ।
दुई दलबीच हुने सहकार्य तथा भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने डा.महतले बताए । भाजपाको विदेश विभाग प्रमुखसमेत रहेका उनी नेपाली कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन् ।
A good meeting between @vijai63 , in-charge of Foreign Affairs Department of Bharatiya Janata Party and our president @SherBDeuba . @NepaliCongress looks forward to strengthening ties with @BJP4India. I am confident that this meeting will be a new beginning pic.twitter.com/f3L7slL1Lw
— Dr. Prakash S. Mahat (@DrPSMahat) August 22, 2021