नयाँ वर्षमा फिल्म ‘केजी एफ २’ को रिलिज हुने-Sutra News

नयाँ वर्षमा फिल्म ‘केजी एफ २’ को रिलिज हुने

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- फिल्म ‘के जी एफ २’ को रिलिज मिति तय भएको छ । नयाँ वर्ष वैशाख १ अर्थात् २०२२ अप्रिल १४ गते फिल्म प्रदर्शनमा आउने भएको हो । अभिनेता यस्सले आफ्नो अफिसियल फेसबुक पेजमार्फत फिल्मको रिलिज मितिको जानकारी गराएका हुन् ।



यसअघि फिल्मलाई निर्माण टिमले जुलाई १ अर्थात् नयाँ वर्ष साउन १ गते लाई तय गरेका थिए तर कोरोना महामारीले गर्दा फिल्मको रिलिज मिति सारिएको हो । फिल्ममा राजको मुख्य भूमिका रहेको फिल्मको कथा साथै निर्देशन प्रसनाथ निलको रहेको छ ।

अभिनेता यस राज सँगै फिल्ममा सञ्जय दत्त, श्रीनिधि शेट्टी, रविना टन्डन, गोविन्द गौडा लगायत कलाकारको अभिनय रहेको छ । फिल्ममा बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट