काठमाडौँ । एमाले विभाजन हुनुअगावै माधवकुमार नेपाल पक्षमा रहेका तर विभाजन भइसकेपछि नेपाल समूहमा नगएका स्थायी कमिटी सदस्यहरु एमाले एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका छन् ।
भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरु एमाले एकताका लागि भन्दै बालकोट पुगेका हुन् ।
ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको बताएका छन् । शंकर पोखरेल, सूर्य थापा, विष्णु रिमाललगायतका नेताहरुले यस्तो बताएका हुन् ।
एमालेमा तेस्रो धार जन्माउन लागेका नेताहरुले भने आफूहरुको न्यूनतम शर्त १० बुँदे भएको बताएका छन् ।
एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्।