काठमाडौं उपत्यकामा निषेधाज्ञा थपिने भएको छ । कोरोनाको जोखिम नघटेका कारण निषेधाज्ञा थप्ने निर्णय गरिएको हो ।
पछिल्लो साता थप गरिएको निषेधाज्ञा भोलि ८ गते मंगलबार राति १२ बजे सकिदैछ ।
काठमाडौँ उपत्यकामा दैनिक ८०० को औषत संख्यामा कोरोनाका बिरामीहरु थपिन लागेका छन् ।
थप गरिएको निषेधाज्ञामा राति ८ बजे पछि अत्यावश्यक वाहेकका सवारी साधन चल्न नदिने निर्णय भएको थियो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि निषेधाज्ञासम्बन्धी थप निर्णय हुनेछ ।