काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको बताएका छन् ।
एक अनलाइनसँग अन्तर्वार्ता दिंदै नेता गौतमले ओलीले आफूलाई प्रधानमन्त्री बनाइदिने भनेर आश्वासन दिएको निर्वाचनमा ओलीले नै हराइदिएको खुलासा गरेका हुन् ।
‘केपीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो तर मलाई थाहा थियो उहाँले धोका दिनुहुन्छ ।’ बामदेवले भने ।
यस्तै उनले कम्युनिष्ट एकताका लागि आफूले धेरै योगदान गरेको तर एकतालाई अन्तिमसम्म बचाउन नसकेको बताए ।
एमाले विभाजन हुन लाग्दा नेता गौतमले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेरै एकता बचाउने कुरामा जोड दिएका थिए । तर एमाले पनि एक हुन सकेन । माधव समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।
वामदेव अहिलेसम्म नेपालको पार्टीमा नगइकन एमालेमा निर रहेको बताएका छन् ।