सांसद लामाको प्रश्न- विधि पद्धतिको गीत गाउँदै लज्जास्पद रूपमा अध्यक्षमा दावी गर्न लाज लागेन ?-Sutra News

सांसद लामाको प्रश्न- विधि पद्धतिको गीत गाउँदै लज्जास्पद रूपमा अध्यक्षमा दावी गर्न लाज लागेन ?

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौँ । नेकपा एमालेकी नेता तथा सांसद नविना लामाले माधवकुमार नेपाललाई लोभी, पापी र गद्दारको संज्ञा दिएकी छन् । सोमबार एक वक्तव्य जारी गर्दै नेत्री लामाले यस्तो संज्ञा दिएकी हुन् ।



उनले माधव नेपालले राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवा पाउमा सत्ता चढाएको आरोप लगाएकी छन् ।

नेत्री लामाले माधव नेपाल महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गरेको आरोप लगाइन् ।

‘तपाईंले १५ वर्ष पार्टीको नेतृत्व गर्दा अहिलेको पार्टी अध्यक्ष केपी ओली र उहाँको लाइनलाई कस्तो अवस्थामा पुर्‍याउनु भयो ? पार्टीलाई लज्जास्पद हारसहित तेस्रो स्थानमा पुर्‍याउनु भयो । आफ्नो गुटकालाई मात्र पक्षपोषण गर्दै तिनलाई राम्रो ठाउँमा, आफ्ना नातागोता र छोराछोरी सबैलाई यथोचित व्यवस्थापन गर्नुभयो । अहिले आफू महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गर्ने ? यो कुन विधि र पद्धति हो कमरेडरू ? उनको प्रश्न छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट