काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथि संघीय संसदको संरक्षक पनि हो सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्ति लोकतन्त्रविरुद्ध हुन्छन् ।’ विज्ञप्तिमा भनिएको छ ।
१४ सांसदलाई पदमुक्त नगरेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई संसद पदमा बस्न मन छ या छैन भन्दै प्रश्न गरेका थिए ।