पूर्व प्रेमिकाले देखाउने ५ संकेत, जसबाट उनी पुनः तपाईंसँगै रहन चाहेकी छिन् भन्ने प्रमाणित हुन्छ-Sutra News

पूर्व प्रेमिकाले देखाउने ५ संकेत, जसबाट उनी पुनः तपाईंसँगै रहन चाहेकी छिन् भन्ने प्रमाणित हुन्छ

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

प्रेममा मिलन बिछोड हुनु स्वाभाविक हो । बिछोड भइसकेपछि पनि पूर्व प्रेमी प्रेमिकाहरूले एकले अर्कामाथि निगरानी गर्ने गर्छन् । कतिपय जोडीहरू पुनः मिलेका हुन्छन् भने कतिपय अगाडि बढिसकेका हुन्छन् ।



यहाँ केही तथ्यहरूका बारेमा बताउन खोजिएको छ । यदि तपाई र तपाईको गर्लफ्रेन्डको ब्रेकअप भइसकेको छ भने पनि तपाईकी गर्लफ्रेन्डले तपाईलाई पुनः पाउन प्रयास गर्नेछिन् । उनले तपाईंलाई भन्न त हामी अब कहिल्यै नभेट्ने भन्लिन् तर भित्रभित्रै तपाईंसँग डेट गर्ने चाहना उनमा हुन सक्छ ।

उनले देखाउने केही संकेतहरू छन्, जसले उनले तपाईलाई अझै माया गर्छिन् भन्ने प्रमाणित हुन्छ ।

त्यसोभए, के संकेतहरु छन् कि उनी तपाइँसँग बिछोड भएकोमा पछुतो मानिरहेकी छन् ?

१. उनले सिधै तपाईंलाई यसबारे भन्न सक्छिन्

तपाईंसँग ब्रेक अप भएपछि तपाईकी गर्लफ्रेन्ड पछुताएकी छन् भने उनले फोन या एसएमएस गरेर तपाईलाई आफू पछुताएको कुरा भन्नेछिन् ।

यो सहज भने हुनेछैन । उनलाई आफूले लिएको निर्णयप्रति लाज या पछुतो लागेको हुन सक्छ । सिधै भन्न सक्ने अवस्था सिर्जना भएमा मात्र उनले यसो गर्नेछिन् । तर तपाईंले जवाफ जे दिनुहुन्छ, सम्बन्ध त्यसैमा भर पर्छ ।

२. उनी अरु कसैलाई डेट गर्दिनन्

पक्का, हुनसक्छ उनी केहि डेटहरूमा जाने कोसिस गरीरहेकी छिन् वा तपाइँको ब्रेकअप पछि  । तर यदि तपाईंसंगको ब्रेक अप पछि उनले कसैलाई डेट गरेकी छैनन् भने उनले तपाईलाई नै मन पराउने संकेत देखिन सक्छ । उनले अझै पनि तपाईंसँगै डेट गर्ने सपना साँचेर बसेकी हुन सक्छिन् ।

३. उनी तपाईंसँग जिस्किन चाहन्छिन्

ब्रेकअप पछि पनि तपाईकी गर्लफ्रेन्ड कहिलेकाहीं तपाईंसँग जिस्किन खोजेकी हुन सक्छिन् । फोन गरेर या म्यासेज गरेर या तपाईलाई अप्रिल फूल मनाएर यसो गरिरहेकी हुन्छिन् । यो संकेत भनेको उनले तपाईसँग पुनः जोडिन चाहन्छिन् भन्ने हो ।

४. उनी तपाइँसँग भेट्ने बहाना खोजिरहेकी छन्

उनी कल गर्न वा म्यासेज पठाउने बहाना खोजिरहेकी हुन सक्छिन् । उनले केही कुरामा मदत गर्न तपाईंलाई सोधिरहेकी हुन सक्छिन् । अरूसँग माग्दा हुने मदत तपाईंसँग माग्नु उनले तपाईलाई पुन जोडी बन्न चाहेको संकेत दिएको हुन सक्छ ।

केही नयाँ काम गर्दा तपाईले सल्लाह दिनुहोस भन्ने उनले चाहेकी छन् । राम्रो कपडा लगाउँदा उनले तपाईलाई ‘म कस्तो छु ? भनेर सोध्न सक्छिन्, यी सबै संकेतहरू ब्रेकअप पछि उनी पछुताएको संकेत हुन् ।

५. तपाईंसँग हुँदाका क्षणहरू सम्झेर उदास हुन्छिन्

मानौं तपाईंहरू पहिलोपटक समुद्रको तटमा डेट जानुभएको थियो । ब्रेकअप पछि उनी त्यही तटमा एक्लै गएर बसेकी हुन सक्छिन् । अथवा तपाईंसँग कुरा गर्दा त्यतिबेलाको प्रसंग निकाल्न सक्छिन् ।

उनले फेसबूक या अन्य सामाजिक सञ्जालमा तपाईंसँग खिचिएको तस्वीर सार्वजनिक पनि गर्न सक्छिन् । यसको अर्थ उनले तपाईंलाई पुनः मन पराउँछिन् भन्ने हो ।

यो पनि – 

दीपाश्री निरौलाले भन्छिन्- सामीप्यता बढ्ने डरले पूर्वप्रेमीलाई भेट्न चाहन्न ! दीपाश्री निरौलाले भन्छिन्- सामीप्यता बढ्ने डरले पूर्वप्रेमीलाई भेट्न चाहन्न !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट