१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भाेलि स्थायी कमिटी बैठक बोलाइयो -Sutra News

१४ सांसदमाथिको कारबाही फिर्ता लिन ओली सहमत, भाेलि स्थायी कमिटी बैठक बोलाइयो 

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन सहमत भएका छन् । 



ओली निवास बालकोटमा सोमबार भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारबाही फिर्ता लिन अध्यक्ष ओली सहमत भएको नेता याेगेश भट्टराईले जानकारी दिए । 

लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारबाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएको उनकाे भनाइ छ । यस विषयमा छलफल गरेर निर्णय गर्न भोलि मंगलबार ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । 

भाेलिकाे स्थायी समिति बैठकमा रावलसहितका नेताहरु सहभागी हुने बताइएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट