चाणक्य भन्छन्- जीवनमा यी ४ कुराहरु कसैलाई पनि नसुनाउनु !-Sutra News

चाणक्य भन्छन्- जीवनमा यी ४ कुराहरु कसैलाई पनि नसुनाउनु !

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

अर्थनाशं मनस्तापं गृहिणीचरितानि च।
नीचवाक्यं चाऽपमानं मतिमान्न प्रकाशयेत्।।
यो श्लोकमा उल्लेख भए अनुसार जीवनमा कसैलाई पनि भन्न नहुने कुरा यस्ता छन्ः



पहिलो कुरा

धन नाश भएको कुरा कसैसँग भन्नु हुँदैन । हामी पैसा हराएको वा नाश भएको कुरा अरुलाई भन्दा मान्छेहरु सहयोग गर्नुको साटो उल्टो टाढा भाग्छन् । तपाइँलाई पैसाको समस्या छ वा घाटा भैरहेको छ भने पनि कहिल्यै अरुलाई नभन्नुस् किन भने मानिसहरु तपाइँको आर्थिक अवस्था थाहा पाएपछि सहयोग गर्नुको साटो उल्टो तर्किन थाल्छन् । सके सम्म आर्थिक अवस्थाको राज आफैसँग सीमित राख्नुस् ।

दोश्रो कुरा

चाणक्यले मनको सन्ताप अर्थात आफ्नो मनमा भएको तनावबारे अरुलाई भन्नु हुँदैन भनेका छन् । यदि हामीले हाम्रो दुख बताउन थाल्यौं भने अरुबाट समाधान आउने होइन तपाइँलाई उल्टो अरुको मजाक बन्नु पर्छ । मानिसहरु अरुको दुःखमा उडाउन मजा मान्छन् । अरुले मजाक बनाउँदा तपाइँको दुःख घट्नुको साटो थप बढ्छ ।

तेश्रो कुरा

जीवनमा गोप्य राख्नु पर्ने कुरा हो आफ्नो पति वा पत्नि सम्बन्धि कुरा । यदि तपाइँले आफ्नी पत्नि प्रेमिका वा पति प्रेमीको विषयमा अरुलाई भन्न थाल्नु भो भने अरुले सम्बन्ध विगारिदिन वा अनैतीक हर्कत गर्न सक्छन् । यसले परिवारमा कलह र झगडा बढाउँछ । सके सम्म पति वा पत्निका कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् ।

चौथो कुरा

जीवनमा आफू अपमानित भएको कुरा कहिल्यै पनि अरुलाई नभन्नुस् । कसैले तपाइँलाई अपमान गरेको छ भने पनि यस्तो कुरा आफैसँग राख्नुस् । यस्तो कुरा अरुलाई भन्दा उल्टै मजाकको पात्र बन्ने खतरा हुन्छ । तपाइँ थप अपमानित हुने खतरा हुन्छ ।

त्यसैगरि यी हुन् जीवनमा भुलेर पनि गर्न नहुने ५ काम

हिन्दू धर्मग्रन्थ गीता को शुत्र छ ‘योगः कर्मसु कौशलम्’ अर्थात जुन काम गर्नु हुन्छ एकदम लागेर गर्नुस् । यो श्लोकको अर्थ जुन काम गर्नु हुन्छ त्यसमा पुरै ध्यान लगाउनुस्, दक्षता, कुशलता सबै त्यसमै लगाउनुस् । फरक फरक काम गरेर टाउको दुखाउने मानिस सँधै असफल हुन्छ । यस्ता मानिसले स्वास्थ्य, सन्तोष र सुख महसुस् पार्न सक्दैनन् । आजकल सबैको जीवन दौडधुपमा वित्छ । जिम्मेवारीका कारण मानिसहरुलाई खाना, स्वास्थ्य वा आरामका लागि पनि समय पुग्दैन ।

धर्म ग्रन्थका अनुसार हाम्रो जीवनमा हम्रो जीवन खाना मात्र नभएर ध्यान, योग, विचार, अध्ययन, चिन्तनमा समेत आधारित हुन्छ । शास्त्रमा सांसारिक दृष्टिबाट शारीरिक परिश्रम र पुरुषार्थको पनि महत्व बताइएको छ । अल्छी बनेर बसिरहनु भन्दा पनि शारीरिक परिश्रम गर्नु नै राम्रो रहेको शास्त्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट