एमालेको अवरोधका बीच विश्वासको मत लिँदै लुम्बिनी सरकारका मुख्यमन्त्री केसी-Sutra News

एमालेको अवरोधका बीच विश्वासको मत लिँदै लुम्बिनी सरकारका मुख्यमन्त्री केसी

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने भएका छन् ।



मुख्यमन्त्रीमा नियुक्त भएको केही दिनमा नै उनले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेशको बैठक एमालेले निरन्तर अवरोध गरेपछि साढे २ बजेसम्मका लागि स्थगित थियो । 

सूर्य चिन्हबाट निर्वाचित सांसदहरु अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो । 

एमालेको अवरोधका बीच नै नेता केसीले विश्वासको मत लिन लागेका हुन् ।

लुम्बिनीमा यसअघि शंकर पोखरेल नेतृत्वको सरकार थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट