काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल राम्रोसँग पुरा गर्ने बताएका छन् ।
सोमबार प्रदेशसभाको बैठकमा विश्वासको मत माग्दै नेता केसीले आफ्नो सरकारले पूर्णरुपमा जनताको लागि काम गर्ने प्रतिबद्धता गर्दै यस्तो बताएका हुन् ।
उनले आफ्नो सरकारले कहिल्यै दम्भको राजनीति नगर्ने उल्लेख गरेका छन् ।
त्यस्तै उनले अहिलेको सरकारले पहिलाको सरकारले जस्तो हर्कत नदेखाउने पनि प्रष्ट पारे ।
प्रदेशको बैठक एमालेले निरन्तर अवरोध गरेपछि साढे २ बजेसम्मका लागि स्थगित थियो ।
सूर्य चिन्हबाट निर्वाचित सांसदहरु अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको हो ।
एमालेको अवरोधका बीच नै नेता केसीले विश्वासको मत लिन लागेका हुन् ।