काठमाडौँ । एमालेबाट विभाजित नेताहरु चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।
उनीहरुका लागि झन्डै ५० बेड बुकिङ गरिएको बताइएको छ ।
आयोगले माधव नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ । दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन्।