प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पूर्वसुरक्षाकर्मीले भने- एमसीसी पास भए मुलुकमा बिद्रोहको आँधीबेहरी-Sutra News

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पूर्वसुरक्षाकर्मीले भने- एमसीसी पास भए मुलुकमा बिद्रोहको आँधीबेहरी

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

काठमाडौं- नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्वसुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वसुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो ।



नेपालमा अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिएमा मुलुक ठुलो बिद्रोहको आँधीबेहरीमा फस्नसक्ने भएकोले हतारमा कार्यान्वयन नगर्न आग्रह, लोकसेवा आयोगबाट सुरक्षा निकायहरु लगायत राज्यका हरेक निकायहरुको कर्मचारीह नियुक्त गर्दा सुरक्षाकर्मीहरुको आश्रित परिवारहरुलाई १० प्रतिशत आरक्षण कोटा व्यवस्था गरिनुपर्ने लगाएका माग उनीहरुको छ ।

त्यस्तै १६ वर्षमा नै निवृत्तिभरण लिएमा सोही मितिबाट पेन्सन पाउने व्यवस्था गरिनुपर्ने, सुरक्षाकर्मीको आश्रित परिवारलाई निःशुल्क स्वास्थ्य तथा शिक्षाको व्यवस्था गर्नुपर्ने, पायक पर्ने स्थान विशेषमा भएका अन्य बैंकहरुबाट समेत निवृत्वभरण रकम भुक्तानी गर्नै वैकल्पिक व्यवस्था हुनुपर्ने लगाएका माग पनि अघि सारिएको छ ।

पत्रकार सम्मेलनमा परिषद्का केन्द्रीय अध्यक्ष केवी राउतले पूर्वसुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी ददिए । उनले प्रधानमन्त्रीसमक्ष पेश गरेका १९ बुँदे मागहरु पढेर सुनाउदै आफ्ना मागका बारेमा प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

त्यस्तै सशस्त्र प्रहरीका पूर्व एआइजी तथा परिषद् नेपालका सल्लाहकार डा.ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएको बताए । पूर्वडिआइजी तथा पूर्वसुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सूर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिए पनि वास्तवमा संगठित भएको नपाइएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट