जहाँ मानिसहरू एक पटक सुतेपछि महिना दिनसम्म उठदैनन्-Sutra News

जहाँ मानिसहरू एक पटक सुतेपछि महिना दिनसम्म उठदैनन्

सोमबार, ७ भाद्र २०७८

सोमबार, ७ भाद्र २०७८

सामान्यतया एक स्वस्थ मानिसले दिनमा ८ घण्टा सुत्नु राम्रो हुन्छ । यदी तपाईं दिनमा ६ घण्टा भन्दा कम सुत्नुहुन्छ भने त्यो स्वास्थ्यका लागि राम्रो होइन ।



तर दिनमा ८ घण्टा भन्दा धेरै सुत्नु राम्रो हुदैन । सुताई उमेरमा भर पर्ने कुरा हो । हामीले भनेको ८ घण्टा एक वयस्क व्यक्तिका लागि हो । सुत्ने कुरामा बच्चा धेरै सुत्नुपर्दछ भने बृद्ध अवस्थामा कम सुत्दा पनि फरक नपर्ने जानकारहरु बताउँछन् ।

सुत्ने कुरामा वर्तमान समयमा एक अजिब गाउँ फेला परेको छ । काजगिस्तानको एक गाउँमा एक पटक सुतेपछि मानिसहरु महिना दिनसम्म पनि उठदैनन् ।

काजगिस्तानको उत्तरी क्षेत्र कलाची गाउँका मानिसमा रहस्यमय तरिकाले सुत्छन् । जब यिनीहरु एक पटक सुत्छन तब एक महिनासम्म उठ्दैनन् । यसलाई रोग नै मानिएको छ ।

त्यसबेला बच्चाहरु अचानक स्कुलमा ढलेर निदाएका थिए । यस्ता बिरामीको संख्या दिनानुदिन बढिरहेको छ ।

धेरै वैज्ञानिक तथा चिकित्सकले यसरी महिना दिनसम्म निदाउनुको कारण खोजिरहेका छन् तर, पत्ता लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट